
श्रीलङ्कामा जारी यू–१७ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको समूह ‘ए’ को खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपाल अन्तिम चारमा पुगेको हो।
लगातार दोस्रो हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो।
अब सेमिफाइनलमा नेपालले समूह ‘बी’ बाट अघिल्लो चरणमा पुगेको भारत वा पाकिस्तानमध्ये कुनै एकसँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीले पहिले नै अन्तिम चारमा स्थान सुनिश्चित गरिसकेका छन्।
नेपालको यू–१७ टोलीले सेमिफाइनलमा ऐतिहासिक नतिजा निकाल्ने अपेक्षा गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।