२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

हेटौँडा उपमहानगरपालिका–१९ स्थित पूर्व–पश्चिम राजमार्गको बस्तीपुर सडक खण्डमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

चितवनबाट वीरगन्जतर्फ गइरहेको यात्रुवाहक बस (ना ६ ख २११९) को चालक साइडको टायर पड्किएपछि बस अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक (ना ६ ख ८१८०) सँग ठोक्किएको थियो। सोही क्रममा ट्रक अनियन्त्रित भई बारातर्फ जाँदै गरेको तेल बोक्ने खाली ट्याङ्कर (ना ७ ख १७७४) मा पनि ठोक्किँदा ठूलो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार घाइते यात्रुहरुको उद्धार गरी हेटौँडा अस्पताल मकवानपुर र सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते दुई जनाको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए।

घटनास्थलमा डीएसपी अर्यालको नेतृत्वमा २५ जना प्रहरी परिचालन भई सवारी साधन हटाउने काम भइरहेको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय