२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। अभियानको नेतृत्व कांग्रेस नेता गुरुराज घिमिरेलगायतका प्रतिनिधिहरूले गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणको निन्दा गर्दै उनीहरूले विगतका गल्तीहरूप्रति आत्मसमिक्षा र क्षमा माग्दै पार्टीलाई सुधार गरेर भविष्यतर्फ लैजान विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।

प्रतिनिधिहरूका अनुसार विशेष महाधिवेशन बोलाउने जिम्मेवारी केन्द्रीय समितिको भए पनि सो सम्भावना कम भएकाले प्रतिनिधिहरू नै अग्रसर भएर हस्ताक्षर संकलन थालेका हुन्।

पार्टीलाई हालको संकट र कमजोर अवस्थाबाट निकाल्दै समयसापेक्ष प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन सबै प्रतिनिधिलाई आह्वान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय