
चितवनको तुइनखोलामा ठूलो पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड पूर्णरुपमा बन्द भएको छ।पहिरोका कारण सवारीसाधन आवतजावत ठप्प भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
सडक डिभिजन र सुरक्षाकर्मीहरूको टोली घटनास्थलमा परिचालन भई पहिरो हटाउने प्रयास भइरहेको जनाइएको छ।
नारायणगढ–मुग्लिन सडक खण्ड देशको मुख्य मार्ग भएकाले सडक बन्द हुँदा सामान आपूर्ति र यात्रामा ठूलो असर पर्ने अनुमान गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।