२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार ग १ ख ९७०० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिँदा दुर्घटना भएको हो। बसमा ३५ जना यात्रु सवार थिए।

घाइते यात्रुहरूको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।

प्रहरीले घटनास्थलमा थप अनुसन्धान सुरु गरेको र दुर्घटनाबारे विस्तृत विवरण अझ आउन बाँकी रहेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय