२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पद छाड्ने घोषणा गरेका छन्। बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।

डा. भट्टराईको राजीनामापछि बैठकले केन्द्रीय समिति नै भंग गर्ने निर्णय गर्दै आगामी विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। महाधिवेशनसम्मको तयारीका लागि वरिष्ठ उपाध्यक्ष दुर्गा सोबको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको छ।

हालैको जेन-जी आन्दोलनले पुराना दलहरूको नेतृत्वमाथि चर्को प्रश्न उठाएपछि भट्टराईले यस्तो निर्णय लिएको विश्लेषण गरिएको छ। उक्त आन्दोलनका कारण नयाँ पुस्ताको नेतृत्व आवश्यकताबारे बहस राजनीतिक वृत्तमा व्यापक बनेको छ।

यही दबाबका बीच नेपाली कांग्रेसभित्र समेत नेतृत्व परिवर्तनको माग तीव्र भएको छ भने माओवादी केन्द्र विशेष महाधिवेशनको तयारीमा जुटिरहेको छ। तर, प्रमुख प्रतिपक्षी एमाले भने अझै पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिने रणनीतिमा रहेको देखिएको छ।

विश्लेषकहरूका अनुसार जेन-जी पुस्ताको आन्दोलनले पुराना राजनीतिक संरचनामा व्यापक असर पार्न थालेको छ। भट्टराईको राजीनामाले आगामी दिनमा अन्य दलका नेतृत्वमा समेत दबाब बढ्ने सम्भावना देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय