२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले पूर्वसांसद सुमना श्रेष्ठलाई पार्टीमा फर्काउन कार्यदल बनाइएको भन्ने हल्ला असत्य भएको स्पष्ट पारेका छन्।

बुधबार अपराह्न घण्टाघरस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले आफूले श्रेष्ठको राजीनामा स्वीकृत गरिसकेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन पनि गरिसकेको जानकारी दिए।

“उहाँले लिखित राजीनामा दिनुभएको छैन। तर पार्टीको आधिकारिक ग्रुपमा स्पष्ट रूपमा पार्टी छोडेको धारणा राखिसक्नु भएको छ। त्यसैले कार्यवाहक सभापतिका हैसियतले मैले राजीनामा स्वीकृत गरेँ, र केन्द्रीय समितिले पनि अनुमोदन गरिसक्यो,” उनले भने।

अर्यालले सुमना श्रेष्ठलाई पार्टीमा फर्कन चाहिँ ढोका खुला रहेको बताए। तर सो उद्देश्यका लागि कुनै कार्यदल गठन नगरेको स्पष्ट पार्दै पार्टीभित्र कुनै प्रकारको मतभेद नरहेको पनि उनले दोहोर्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय