२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

पाँचवटा उपकरण प्रयोग गरी तुइन खोलाको पहिरो पन्छाउन थालिएको छ। मंगलबार अपराह्न ४ः५० बजे तुइन खोलामा भीषण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध छ। पहिरो पन्छाउन शुक्रबारसम्मै लाग्ने अनुमान गरिएको छ। त्यहाँ करिब १६००० घनमिटर परिणामको पहिरो खसेको प्रारम्भिक आकलन छ। खिइएका पत्रे चट्टानयुक्त कमजोर पहाडका कारण त्यहाँ पहिले पनि पहिरो झरिरहने समस्या थियो। डेढ सातायता मात्रै त्यहाँ १४ पटक पहिरो खसिसकेको छर

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुलनजिकै पहिरोका कारण सडक आवागमन पूर्ण रूपमा बन्द हुन पुगेको छ। बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएको थियो। बिहीबार बिहान ५ः३० बजेदेखि  हिरो पन्छाउनको लागि नारायणगढ र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भइहेको छ,’ सडक डिभिजन भरतपुरले भनेको छ।

मुग्लिन–नौबिस खण्डमा जवाङ खोलालगायत दुई स्थानमा पनि पहिरो खसेको थियो। त्यहाँको पहिरो भने पन्छाइसकिएको धादिङ प्रहरीले जानकारी दिएको छ। तुइन खोलाको पहिरोका कारण पृथ्वी राजमार्गमासमेत ठूलो सवारी जाम छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय