
९ असोज, काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड फोनको बिलिङमा समस्या देखिएको छ । यसका कारण बिहीबार बिहानदेखि हजारौं पोस्टपेड तथा प्रिपेड फोनहरुमा ‘आउट गोइङ कल’ ब्यारियर (वान वे) भएको छ ।
करिब ८ घण्टाभन्दा बढी समय फोनमा समस्या आएपछि टेलिकमका धेरै पोस्टपेड प्रयोगकर्ता पीडित भएका छन् ।
नेपाल टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार हरेक महिनाको १५ तारिकमा पोस्टपेडको बिलिङ हुन्छ । त्यही क्रममा प्रणालीका आएको समस्याका कारण ब्यालेन्स भए पनि कतिपय फोन ‘वान वे’ भएका छन् ।
समस्या समाधानका लागि काम भइरहेको टेलिकमका प्रवक्ता रव्निद्र मानन्धरले बताए । उनले भने, ‘मध्यरातदेखि टेलिकमको बिलिङमा समस्या आएको हो । अहिले समस्या समाधान भइसकेको छ । थप काम भइरहेको छ ।’मध्यरातदेखि टेलिकमको अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा समस्या आएको थियो । यो भनेको रियल टाइम चार्जिङ सिष्टम हो।
यो प्रकारको समस्या सेवा प्रदायक र उपभोक्ता दुवैका लागि चुनौतीपूर्ण हुन्छ। उपभोक्ताका लागि आर्थिक र समयको नोक्सान त हुन्छै, साथै भरोसा र सेवा गुणस्तरमा असर पनि पर्छ। सेवा प्रदायकका लागि, यस्तो समस्या समयमै समाधान र नियमित सचेतना कायम गर्नु आवश्यक छ ताकि नेटवर्क विश्वसनीय रहोस्।