२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन |

सरकारले अनलाइन समाचार पोर्टल दर्ता र नवीकरण पुरानै जस्तै सूचना तथा प्रसारण विभागबाटै हुने व्यवस्था कायम गर्ने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बिहीबार मन्त्रिपरिषदको बैठकपछि यो जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रसम्बोधनलगत्तै पत्रकारहरूसँग कुरा गर्दै उहाँले अनलाइन दर्ता र नवीकरणबारे भ्रम हटाएको बताउनुभयो।

त्यसैगरी, मन्त्रिपरिषदले सञ्चार मन्त्रीलाई नै सरकारको प्रवक्ता बनाउने निर्णय पनि गरेको छ। सो बैठकले सुरक्षा मुद्रण नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवारलाई सरकारले पाँच-पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि उहाँले बताउनुभयो। मन्त्रिपरिषदका अन्य निर्णयहरू भने शुक्रबार अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय