
सरकारले अनलाइन समाचार पोर्टल दर्ता र नवीकरण पुरानै जस्तै सूचना तथा प्रसारण विभागबाटै हुने व्यवस्था कायम गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बिहीबार मन्त्रिपरिषदको बैठकपछि यो जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रसम्बोधनलगत्तै पत्रकारहरूसँग कुरा गर्दै उहाँले अनलाइन दर्ता र नवीकरणबारे भ्रम हटाएको बताउनुभयो।
त्यसैगरी, मन्त्रिपरिषदले सञ्चार मन्त्रीलाई नै सरकारको प्रवक्ता बनाउने निर्णय पनि गरेको छ। सो बैठकले सुरक्षा मुद्रण नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको मन्त्री खरेलले जानकारी दिनुभयो।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेका परिवारलाई सरकारले पाँच-पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि उहाँले बताउनुभयो। मन्त्रिपरिषदका अन्य निर्णयहरू भने शुक्रबार अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।