२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारलाई संविधान संशोधन गर्ने वा शासकीय स्वरुप परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन्।

देशबासीका नाममा सम्बोधन गर्दै उनले भनिन्, “अन्तरिम सरकारको कार्यकाल ६ महिना मात्रै भएकाले आन्दोलनमा उठाइएका सबै माग तुरुन्तै पूरा गर्न सम्भव छैन। तर, सम्भव हुने कामलाई इमान्दारीपूर्वक अघि बढाउनेछौँ।”

प्रधानमन्त्री कार्कीले संविधान संशोधन वा शासकीय स्वरूप परिवर्तनबारे जेनजी आन्दोलनले उठाएको प्रश्न सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएको उल्लेख गरिन्। उनले यस्तो विषय आउँदो चुनावपछि निर्वाचित संसदले मात्र निर्णय गर्न सक्ने बताइन्।

सम्बोधनमा प्रधानमन्त्रीले परिवर्तन पक्षधर सबै दल र नागरिकलाई आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्न आग्रहसमेत गरिन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय