
जनकराज शर्मा नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त भएका छन्। शुक्रबार उनले अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
शर्मालाई नेपाल सरकार मन्त्रिपरिषद्को असोज ९ गतेको बैठकले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
शपथ ग्रहणपछि नवनियुक्त अध्यक्ष शर्माले आजै पद बहाली गर्ने कार्यक्रम रहेको प्राधिकरणले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।