२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्रहरी जवान र कार्यालय सहयोगी पदका लागि खुला प्रतियोगिताबाट भर्ना गर्न लागिएको हो।

जनपद प्रहरी जवानतर्फ १ हजार ५५३ पद, प्रहरी कार्यालय सहयोगी हजामतर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पद पूर्ति गर्न दरखास्त माग गरिएको छ। खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते र तेक्वान्दोका खेलाडीले मात्र आवेदन दिन सक्नेछन्।

आवश्यक योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त दिन सक्ने सूचना जारी गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय