२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

विसं २०८१ असोजमा परेको विपद्का क्रममा आवास गुमाएका जिल्लाका पीडितहरूका लागि सरकारले अस्थायी आवास अनुदान वितरण कार्य अघि बढाएको छ। जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ परिवारलाई पहिलो किस्तामा रु ७ करोड ७९ लाख २५ हजार उपलब्ध गराइएको छ।

सरकारले पहिलो किस्तामा प्रतिघर परिवार रु २५ हजार र दोस्रो किस्तामा रु २५ हजार गरी कुल रु ५० हजार अनुदान वितरण गर्ने व्यवस्था मिलाएको थियो। हालसम्म बेथानचोक र रोशी गाउँपालिकाले मात्र दोस्रो किस्ताको रकम वितरण गरी पीडित परिवारसम्म पुर्‍याएका छन्।

पहिलो किस्तामा अनुदान पाउने प्रमुख स्थानीय तहहरूमा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध, चौँरीदेउराली, खानीखोला, रोशी, भुम्लु, तेमाल र बेथानचोक पर्दछन्।

विपद्का एक वर्ष बितिसक्दा पनि निजी आवासको विस्तृत क्षति आकलन अझै पूर्ण भएको छैन। गत वर्षको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ८१ जनाको ज्यान लिएको थियो भने करिब एक सय व्यक्ति घाइते भएका थिए।

सरकारले स्थायी घर निर्माणका लागि विस्तृत क्षति आकलन पूरा गर्ने र क्रमशः अनुदान उपलब्ध गराउने तयारी गरिरहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय