२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

बडादशैंअन्तर्गत नवरात्रको छैटौं दिन आइतबार देशभर कात्यायनी माताको पूजाआराधना गरिँदै छ। धार्मिक विश्वासअनुसार आजको दिन कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्र जस्ता संकट नाश हुने मान्यता छ।

आज बिहानैदेखि उपत्यकासहित देशभरका प्रमुख शक्तिपीठमा भक्तजनहरूको भीड लागेको छ। गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत स्थानमा भक्तजनले दर्शन तथा पूजा आराधना गरिरहेका छन्।

नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा छ। धार्मिक ग्रन्थअनुसार कात्यायनी भगवती महर्षि कात्यायनकी छोरीको रूपमा जन्मिएकी थिइन् र उनले महिषासुरको वध गरेर धर्म र सत्यको रक्षा गरेकी थिइन्।

नवरात्रभर प्रत्येक दिन नवदुर्गाको पूजाआराधना गर्ने परम्परा रहेको छ। आज कात्यायनी देवीको पूजा गरिए पनि सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

यस वर्ष फूलपाती असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते र टीकाको शुभ साइत असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय