२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा हिँडेको निष्कर्ष निकालेको छ। आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको कदमको भर्त्सना गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ। एमालेले सरकारद्वारा गठित जाँचबुझ आयोगले पार्टी अध्यक्षसहित केही नेताको राहदानी रोक्का सिफारिस गरेको कदमप्रति आपत्ति जनाएको छ। ज्ञवालीले भने, “गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधपूर्ण कदमप्रति सचिवालय असन्तुष्ट छ। यसले आयोगको विश्वसनीयतामा प्रश्न उठाएको छ।”

त्यसैगरी, भदौ २३ र २४ मा भएका विध्वंसकारी घटनामा संलग्न दोषीहरूमाथि कारबाही अघि नबढाउन गृह मन्त्रालयले दिएको निर्देशनप्रति पनि एमाले असन्तुष्ट रहेको छ। पार्टीका अनुसार, यसले प्रहरीको कानुनसम्मत कार्यमा हस्तक्षेप भएको छ र सुरक्षाकर्मीले स्वतन्त्र रूपमा काम गर्न पाएका छैनन्।

साथै, एमालेले समसामयिक विषयवस्तुमा छलफल गर्न केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको छ। सचिवालय बैठक असोज १९ गते बस्नेछ भने केन्द्रीय समिति बैठक असोज २७ देखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

यस बैठकले वर्तमान राजनीतिक परिस्थितिमा एमालेले कडा र स्पष्ट विरोध जनाउँदै आफूलाई सक्रिय र सशक्त रूपमा अघि सार्ने संकेत गरेको विश्लेषकहरूले जनाएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय