२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

अर्थ मन्त्रालयले स्रोत नखुलेको रकम विभिन्न व्यक्तिले निवास वा अन्य स्थानमा लुकाइराखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ। मन्त्रालयले सोमबार जारी गरेको सूचनामा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान अघि बढाइएको उल्लेख गरेको हो।

जेनजेड आन्दोलनका क्रममा आगजनी हुँदा कतिपय घरमा ठूलो परिमाणको नगद जलेको वा भेटिएको समाचार सार्वजनिक भएपछि मन्त्रालयले यस्तो सूचना जारी गरेको हो। मन्त्रालयले आय आर्जन भएको र स्रोत खुलेको स्वदेशी रकम जुनसुकै परिमाणमा सुरक्षित राख्न र उपयोग गर्न कानुनी रोकावट नभएको स्पष्ट पारेको छ।

तर, जोखिम कम गर्नका लागि नागरिकलाई नगदको सट्टा विद्युतीय भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गरिएको छ। सरकारले सेवा वा वस्तुको खरिदबिक्री तथा अन्य कारोबार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने प्रोत्साहन दिइरहेको भन्दै विद्युतीय कारोबार सुरक्षित र सजिलो हुने मन्त्रालयको भनाइ छ।

सूचनामा ठूला कारोबार अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानुनी व्यवस्था स्मरण गराइएको छ। कुनै पनि व्यक्ति, फर्म वा संस्थाले १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्दा अनिवार्य रूपमा बैंकिङ उपकरण प्रयोग गर्नुपर्ने व्यवस्था छ।

विदेशी मुद्राको हकमा नेपाल भित्र्याउने सीमाबारे पनि मन्त्रालयले प्रष्ट्याएको छ। भन्सार घोषणाबिनै अमेरिकी डलर पाँच हजारसम्म ल्याउन सकिने तर सोभन्दा बढी रकम घोषणा गरी प्रमाणित गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, नेपाली नागरिकले वैध तरिकाले आर्जन गरेको अधिकतम १,५०० अमेरिकी डलरसम्मको विदेशी मुद्रा नगदमा राख्न सक्ने प्रावधान रहेको मन्त्रालयले स्मरण गराएको छ।

स्रोत नखुलेको नगद भेटिएमा प्रचलित कानुनबमोजिम अनुसन्धान र कारबाही गर्ने गरी सम्बन्धित निकायलाई सक्रिय पारिएको मन्त्रालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय