२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत | देशभर मनसुनी वायु कमजोर हुँदै पहाडी र तराई भू–भागमा मध्यम वर्षाको सम्भावना | जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सयभन्दा बढी कैदी अझै फरार | खुम्बुमा असोजमै हिमपात, जनजीवन र पर्यटन प्रभावित |

नवघोषित कुमारी आर्यतारा शाक्यले आज मंगलबार कुमारीघरमा विधिवत् रूपमा आसन ग्रहण गर्ने भएकी छन्।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई मध्याह्नको शुभसाइतमा विशेष बाजागाजासहित कुमारीघरमा प्रवेश गराइने र जीवित देवीको रूपमा आसन ग्रहण गराइने तयारी पूरा भएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

आसन ग्रहण पछि नवकुमारीलाई तलेजु भवानी मन्दिरमा दर्शनका लागि लैजाने परम्परा अनुसार यात्रा गराइनेछ। पूजाआजा गरिने जीवित देवी कुमारीलाई महालक्ष्मीको प्रतीकका रूपमा मानिन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी परम्परा आरम्भ गरेको इतिहास रहेको छ।

कुमारी छनोट प्रक्रियामा गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति तथा सरोकार भएका पक्षहरूको सल्लाह–परामर्शपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको थियो। समितिका अनुसार यसअघि सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

परम्पराअनुसार कोजाग्रत पूर्णिमाको दिन राष्ट्रप्रमुखले पनि नवकुमारीको दर्शन गर्ने परम्परा रहेको व्यवस्थापन समितिले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय