
गएरातिदेखि काठमाडौं उपत्यकासहित धेरै ठाउँमा वर्षा भइरहेको छ। मौसमविद् अर्जुन उपाध्यायका अनुसार , बलियो वर्षा प्रणाली हाल भारतको बिहार, पटना नजिकै केन्द्रित छ।
तस्विरमा रातो रंग देखिएको प्रणाली तीव्र गतिमा उत्तरतर्फ सर्दै छ। मध्यान्हसम्म बीरगंज हुँदै मकवानपुर, काठमाडौं, काभ्रे र सिन्धुलीको आकाशमा प्रवेश गर्ने अनुमान छ। राततिर यस प्रणाली पूर्वीतराई र कोशीसम्म पुग्ने देखिन्छ।
यस कारण अपरान्ह, साँझ र रातमा अझै ठूलो वर्षा हुने सम्भावना धेरै छ।
विशेषज्ञहरूले यसलाई हल्का नठानी सतर्क रहन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान अनुसार अझै ठूलो पानी पर्ने संकेत भएकाले सुरक्षित रहन सबैलाई सुझाव दिइएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।