२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको पूर्वानुमानसहित पर्यटक तथा पदयात्रीलाई हाल पदयात्रामा ननिस्कन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालका अनुसार गण्डकी प्रदेशसहित देशभर आगामी असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण भएकाले हिमपात र विपद्जन्य घटनाको सम्भावना उच्च रहेको छ। यसै कारण प्रशासनले सार्वजनिक सूचना जारी गरी पर्यटन क्षेत्रमा यात्रा नगर्न सचेत गराएको हो।

विशेषगरी अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदमार्ग र खुमई क्षेत्रमा हाल पदयात्रा नगर्न आग्रह गरिएको छ। दसैँको बिदामा विगतमा यहाँ पदयात्रीको भीड लाग्ने गरे पनि यस वर्ष मौसमजन्य जोखिमका कारण पर्यटन गतिविधि प्रभावित हुने देखिएको छ।

प्रशासनले पदयात्रा मात्र नभई वर्षाका कारण बाढी, पहिरो, डुबान तथा हिमपात जस्ता घटनाको जोखिम रहेकाले सबैलाई सतर्क रहन आग्रह गरेको छ। साथै, आकस्मिक घटनामा तत्काल स्थानीय तह, जनप्रतिनिधि, प्रहरी एकाइ तथा सुरक्षा निकायसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय