२०८३ आश्विन २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाल पर्यटन बोर्डले हाल करिब २० हजार विदेशी पर्यटक काठमाडौंसहित देशभर रहेका भन्दै उनीहरूको सुरक्षा र सहजतामा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

शनिबार जारी विज्ञप्तिमा बोर्डले विशेषगरी स्थानीय समुदायलाई पर्यटकलाई खाना, बास र आवश्यक सुविधा सहज उपलब्ध गराउन आग्रह गरेको छ। साथै, मूल्यवृद्धि नगरी सहयोगी भाव प्रकट गर्न पनि अनुरोध गरिएको छ।

पर्यटकलाई भने नेपालमा दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडमार्फत मात्रै यात्रा गर्न, यात्रापूर्व गन्तव्य तथा सडक अवस्थाबारे जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन ११४४ मा सम्पर्क गर्न भनिएको छ।

साथै, टुर अपरेटरहरूलाई निरन्तर यात्रुहरूलाई अद्यावधिक जानकारी दिन, चालक तथा गाइडसँग सम्पर्कमा रहन र उद्धार सम्पर्कहरू तयार राख्न निर्देशन दिइएको छ।

यसबीच, जल तथा मौसम विज्ञान विभागले भारी वर्षा सोमबारसम्म निरन्तर रहने अनुमान गरेको छ। लगातारको वर्षाका कारण पहिरो, बाढी, हिमपात र सडक अवरुद्ध हुने जोखिम बढेको छ। यसकै कारण काठमाडौं आवागमन सोमबारसम्मका लागि अस्थायी रूपमा रोकिएको छ भने आन्तरिक उडानमा तीन घण्टाको प्रतिबन्ध लागू गरिएको छ। तर अन्तर्राष्ट्रिय उडान भने यथावत सञ्चालन भइरहेका छन्।

पर्यटन बोर्डले विज्ञप्तिमा भनेको छ – “विदेशी पाहुनाको सुरक्षा र सहजता हाम्रो पहिलो प्राथमिकता हो।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय