
नेपाल पर्यटन बोर्डले हाल करिब २० हजार विदेशी पर्यटक काठमाडौंसहित देशभर रहेका भन्दै उनीहरूको सुरक्षा र सहजतामा सहयोग गर्न सबैलाई अपिल गरेको छ।
शनिबार जारी विज्ञप्तिमा बोर्डले विशेषगरी स्थानीय समुदायलाई पर्यटकलाई खाना, बास र आवश्यक सुविधा सहज उपलब्ध गराउन आग्रह गरेको छ। साथै, मूल्यवृद्धि नगरी सहयोगी भाव प्रकट गर्न पनि अनुरोध गरिएको छ।
पर्यटकलाई भने नेपालमा दर्ता भएका ट्राभल कम्पनी र लाइसेन्स प्राप्त गाइडमार्फत मात्रै यात्रा गर्न, यात्रापूर्व गन्तव्य तथा सडक अवस्थाबारे जानकारी लिन र समस्या परेमा पर्यटन संकट हटलाइन ११४४ मा सम्पर्क गर्न भनिएको छ।
साथै, टुर अपरेटरहरूलाई निरन्तर यात्रुहरूलाई अद्यावधिक जानकारी दिन, चालक तथा गाइडसँग सम्पर्कमा रहन र उद्धार सम्पर्कहरू तयार राख्न निर्देशन दिइएको छ।
यसबीच, जल तथा मौसम विज्ञान विभागले भारी वर्षा सोमबारसम्म निरन्तर रहने अनुमान गरेको छ। लगातारको वर्षाका कारण पहिरो, बाढी, हिमपात र सडक अवरुद्ध हुने जोखिम बढेको छ। यसकै कारण काठमाडौं आवागमन सोमबारसम्मका लागि अस्थायी रूपमा रोकिएको छ भने आन्तरिक उडानमा तीन घण्टाको प्रतिबन्ध लागू गरिएको छ। तर अन्तर्राष्ट्रिय उडान भने यथावत सञ्चालन भइरहेका छन्।
पर्यटन बोर्डले विज्ञप्तिमा भनेको छ – “विदेशी पाहुनाको सुरक्षा र सहजता हाम्रो पहिलो प्राथमिकता हो।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।