
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। तर पनि केही पश्चिमी भागमा अझै पश्चिमी वायुको असर जारी छ।
महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग तथा गण्डकी प्रदेशका केही स्थानहरूमा पश्चिमी वायुको प्रभाव कायम छ।
आज दिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने र तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गर्दै यात्रा वा बाहिरी कार्य गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।