२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

पाँच वर्षदेखि अधूरो सडक आयोजना अलपत्र पार्ने ठेकेदार कम्पनीको जमानत रकम जफत गरिएको छ।

महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माण कार्यमा लामो समयदेखि काम अघि नबढेपछि पूर्वाधार विकास कार्यालय पर्वतले ठेकेदार कम्पनी पिआररओमबुद्ध जेभी (बसुन्धरा, काठमाडौं) को बैंक जमानत असुल गरेको हो।

कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार कम्पनीले पटक–पटक म्याद थप्दा पनि २०८१ चैत २९ गतेसम्म काम सुरु नगरेपछि अन्ततः जमानत नै जफत गर्नुपरेको हो।
“हामीले १८ महिनाभित्र काम पूरा गर्न सम्झौता गरेका थियौं, तर अहिले पाँच वर्ष बितिसक्दा पनि ३५ प्रतिशत मात्रै काम भएको छ,” प्रमुख अर्यालले बताए।

२०७८ जेठ १८ गते सम्झौता गरिएको उक्त सडक २०७९ फागुन १७ गतेसम्म सम्पन्न हुनुपर्ने थियो। तर, ठेकेदारले सडक चक्ल्याउने काम बाहेक अन्य संरचनागत काम अघि बढाएन।
कुल ११ करोड २२ लाख ६६ हजार रुपैयाँ लागतमा निर्माण हुने करिब छ किलोमिटर लामो सडकको भौतिक र वित्तीय प्रगति दुवै ३५ प्रतिशतमै रोकिएको कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीले सुरुमा चार करोड १३ लाख रुपैयाँ भुक्तानी पनि लगिसकेको छ। तर त्यसपछि सम्पर्कविहीन भएको कारण अब ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।
कार्यालयले मौखिक र लिखित रूपमा पटक–पटक काममा फर्किन आग्रह गरे पनि ठेकेदार कम्पनीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ।

स्थानीयवासी र जनप्रतिनिधिहरूका अनुसार निर्माण रोकिएपछि सडक झनै अस्तव्यस्त बनेको छ।
महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले भने,
“ठेकेदारले नाली भत्काएर छोडेपछि हिलो र धुलोले सडक हिँड्नै नसकिने भएको छ। गाउँपालिकाको कार्यालयदेखि वालाकोट र होश्राङदीका बासिन्दा दैनिक सास्तीमा छन्।”

गण्डकी प्रदेश सरकारको रणनीतिक सडक आयोजनाअन्तर्गत पर्ने यो सडकमा स्थानीयले अब नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाउन माग गरेका छन्।
अध्यक्ष भुसाल भन्छन्, “यस्तो गैरजिम्मेवार ठेकेदारलाई कालो सूचीमा राखेर तुरुन्त नयाँ ठेकेदारमार्फत काम अघि बढाउनुपर्छ, नत्र गाउँकै आवागमन जोखिममा पर्छ।”

अहिले जमानत जफतसँगै ठेक्का तोड्ने कानुनी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय