२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

राष्ट्रिय दैनिक जनआस्थाले एक समाचार प्रकाशित गरेपछि  पूर्व सांसद ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फेसबुकमा प्रतिवादमा उत्रेका छन् । जनआस्थाले काठमाडौंको पाँचतारे एभरेष्ट होटलका कर्मचारीसँग सन्दर्भहीन व्यवहार गरेको आरोप लागेको छ। समाचारमा  शाहीले अनुमति नलिई अन्तरवार्ता रेकर्ड गर्न लगाउँदा र होटलको नियम नमान्दा व्यवस्थापनले उनलाई बाहिर जान भनेको उल्लेख छ ।

समाचार प्रकाशित भएपछि शाहीले फेसबुकमा त्यसको कडा प्रतिवाद गरेका छन्। उनले फेसबुकमा लेखेका छन्  :

“पैसा कमाउनको लागि नायिका शिर्षा कार्कीलाई बाथरूम भित्र छिरेर नाङ्गो फोटो खिचेर पत्रिकामा छापेर आत्महत्या गर्न बाध्य पार्ने एउटा हत्यारो आफैलाई पत्रकार भन्ने आजभोलि पेट पाल्नलाई एउटा अनलाइन पत्रिका चलाएको छ। आज ब्रेकलाइन मिडियाका पत्रकारसँग होटल एभरेस्टका कर्मचारीले इन्टरभ्युको भिडियो यतातिर नखिचौं। उतातिर खिचौ भनेर गरिएको एउटा सामान्य छलफल लाई लिएर मेरो चरित्र हत्या गर्दै समाचार लेख्नुभएछ।
यदि तिमीसँग प्रमाण छ भने होटलका कर्मचारीलाई मैले धम्काएको, होटलका कर्मचारीले मेरो कठालो समातेर निकालेको पेश गर — तिमीले जता बोलाउँछौ म त्यतै आउँछु, खुला चुनौती हो। होइन भने तिम्रो पेट पाल्नको लागि अर्काको चरित्र हत्या नगर। तिमी एमाले का अध्यक्ष केपी ओलीको कार्यकर्ता हुँदै माओवादीमा प्रचण्डको प्रिय पात्र बन्दै प्रेस काउन्सिलको अध्यक्ष भएँ भने पनि तिम्रो सोच र लेखाई तिम्रो श्रीमती र तिम्रो छोरीले पनि पढ्न सक्दैनन्। पत्रकार राष्ट्रको चौथो अङ्ग हो भन्छन्। तर त्यही पत्रकारिताको नाममा पेट पाल्ने हतियार बनाउँदै घटिया काम गर्नेलाई पत्रकार भन्न सकिँदैन — यो समाजको अपराधी हो।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय