२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई |

नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि प्रभावशाली प्रदर्शन गर्दै पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा बुधबार सम्पन्न अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गर्दै श्रृंखला जितेको हो ।

मलेसियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०३ रनको योगफल बनायो । मलेसियाका विनिफ्रेड दुराइसिंघमले उत्कृष्ट ४० रनको योगदान दिँदा माहिरा इज्जती इस्माइलले १९ रन जोडेकी थिइन् । नेपालका लागि कविता कुँवर र राजमति ऐरीले सानदार बलिङ गर्दै समान तीन–तीन विकेट लिँदै मलेसियाको इनिङ्सलाई नियन्त्रणमा राखे ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले सन्तुलित ब्याटिङ गर्दै १८ ओभरमै जित हात पार्‍यो । ओपनर रुवि पोदारले २६ रनको महत्वपूर्ण योगदान दिँदा पूजा महतोले २३ रन बनाएर टोलीलाई स्थिर सुरुवात दिलाइन् । कप्तान रुविना क्षेत्री १५ रनमा अविजित रहिन् भने सम्झना खड्काले १३ रन जोडेकी थिइन् ।

सिरिजको पहिलो दुई खेलमा मलेसियाले तीन र १३ रनले जित हात पारेको थियो भने त्यसपछिका तीन खेलमध्ये दुईमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै विजयी हुँदै श्रृंखला जितेको हो ।

सिरिज जितसँगै नेपाली महिला टोलीले आत्मविश्वासका साथ आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्ने संकेत दिएको छ । कप्तान रुविना क्षेत्रीले जितपछि भनिन्, “यो श्रृंखला हाम्रो समर्पण र सामूहिक मेहनतको परिणाम हो । अब हामी अझ ठूला लक्ष्यतर्फ अघि बढ्नेछौँ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय