२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक दिउँसो १ बजे बस्ने तय गरिएको हो। यद्यपि बैठकको स्थान सार्वजनिक गरिएको छैन, तर स्रोतका अनुसार बैठक ललितपुरमा बस्ने तयारी छ।

बैठकमा पार्टीभित्रका हालका राजनीतिक गतिविधि, सरकारमा कांग्रेसको भूमिका, र केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ। सभापति देउवाले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि आजको बैठकबाट प्रारम्भिक एजेन्डा तय गर्ने तयारी गरेका हुन्।

पार्टीभित्र पछिल्लो समय संगठन सुदृढीकरण, नेतृत्वको विवाद, र आगामी नीति-कार्यक्रमबारे नेताहरूबीच मतभेद देखिँदै आएको छ। यी विषयहरूलाई मिलाउने उद्देश्यले पनि सभापति देउवाले पदाधिकारी बैठकलाई महत्व दिएका छन्।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार आजको बैठकले पार्टीको आगामी राजनीतिक रणनीति,  पार्टीभित्रको जिम्मेवारी बाँडफाँटबारे पनि छलफल गर्न सक्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय