२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो | टि–२० विश्वकप छनोटमा नेपालको धमाकेदार सुरुवात | कांग्रेस पदाधिकारी बैठक आज असोज २६ को केन्द्रीय बैठक एजेन्डा तय हुने | मनसुन कमजोर बन्दै, देशका अधिकांश स्थानमा मौसम सफा रहने | विपिन जोशीको अवस्थाबारे अझै कुनै जानकारी छैन : इसराइलस्थित नेपाली राजदूत | विदेशमा रहेका नेपाली राजदूतहरूसँग प्रधानमन्त्रीले गरिन छलफल | नागरिक सुरक्षामाथि आयोगको चिन्ता : हिंसात्मक घटनाको निष्पक्ष छानबिन माग | प्रधानमन्त्री कार्कीको निर्देशन : ‘नेपालको नयाँ यथार्थ विश्वसामु पुर्‍याउनुस्’ | टी–२० विश्वकप छनोट : कुवेतविरुद्ध पहिलो खेलमा नेपालको ब्याटिङ |

असोज १७ पछि देशभर लगातार वर्षासँगै आएको पहिरो, बाढी र चट्याङका कारण ५३ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो तथ्यांकअनुसार इलामदेखि रौतहटसम्मका जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, पहिरोबाट मात्रै ४० जनाले ज्यान गुमाएका छन्। तीमध्ये इलाममा ३८ जना, पाँचथर र काभ्रेपलाञ्चोकमा एक–एक जना रहेका छन्। बाढीले ११ जनाको ज्यान लिएको छ भने दुई जनाको मृत्यु चट्याङबाट भएको छ।

बाढीजन्य घटनामा उदयपुर र धनुषामा दुई–दुई जनाको मृत्यु भएको छ। त्यस्तै इलाम, पाँचथर, खोटाङ, भोजपुर, मोरङ, सुनसरी र रौतहटमा एक–एक जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। रसुवा र इलाममा पाँच जना अझै बेपत्ता छन्।

तीन दिनको अवधिमा ४७ जना घाइते भएका छन्, जसमा ३३ जना पहिरोमा र १४ जना चट्याङमा परेका हुन्। प्राधिकरणले अस्थायी आवास, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल सुरु भएको बताएको छ।

यसपटकको मनसुनले देशका ५० जिल्लामा असर पुर्‍याएको छ। असोज १८ गते दिउँसो र राति भएको भीषण वर्षाले विशेषगरी पूर्वी पहाडी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। हाल भने मनसुन क्रमशः कमजोर हुँदै बाहिरिने क्रममा रहेको प्राधिकरणले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय