२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

भदौ २३ र २४ गतेका घटनालाई लिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ। आज काठमाडौं र ललितपुर प्रहरी कार्यालयमा जाहेरी पेश गरिएको हो।

नेविसंघ केन्द्रीय समितिको भदौ २४ गते बसेको बैठकले देशव्यापीरुपमा बालेन र सुधनविरुद्ध जाहेरी दिने निर्णय गरेको थियो। केन्द्रीय सदस्य अशोक सिंह विष्टका अनुसार जाहेरीमा दुवै व्यक्तिले युवा विद्यार्थीहरुलाई उकासेर सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरी मुठभेड गराएको आरोप लगाइएको छ।

जाहेरीमा उनीहरुले राष्ट्रिय सम्पदा, सरकारी कार्यालयका कागजात र अन्य भवन संरचनालाई नष्ट गर्न उक्साएको समेत दाबी गरिएको छ। बिष्टले भने, “संगठनको निर्णयअनुसार हामीले काठमाडौं र ललितपुरमा जाहेरी पेश गरेका छौं, तर अहिलेसम्म दर्ता भएको छैन। प्रहरी सरकारी वकिल कार्यालयसँग सल्लाह गरेर निर्णय लिनेछन्।”

नेविसंघले जाहेरी दर्ताका लागि २४ घण्टाको अल्टिमेटम दिएको छ। निर्दिष्ट समयभित्र दर्ता नभए सडकमा उत्रिने चेतावनी समेत जारी गरिएको छ। यसअघि एमाले निकट अनेरास्ववियूले पनि बालेन र सुधनविरुद्ध देशका विभिन्न जिल्लामा जाहेरी दिएको थियो। प्रहरीका अनुसार ती सबै जाहेरी जाँचबुझ आयोगमा पठाइने छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय