२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचना, फेक न्यूज र मिसइनफर्मेशन नियन्त्रणका लागि ऐन र कानुनमा व्यापक संशोधन आवश्यक रहेको बताएका छन्।

प्रेस काउन्सिल नेपालसँगको छलफलमा बोल्दै मन्त्री खरेलले भने, “हाल करिब २० हजार सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनमा छन्, तर धेरैजसो सञ्चारमाध्यमको नाममा भए पनि बहाव गलत दिशा तर्फ गएको देखिन्छ। अब यसलाई कानुनी दायरामा ल्याउनु अपरिहार्य छ।”

उनले सामाजिक सञ्जालमा देखिएको विकृति, विसंगति नियमन र अनुगमन गर्न सकिने र यसका लागि प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहेको बताए। मन्त्री खरेलका अनुसार, प्रेस काउन्सिलले अनुगमन, नियमन र कारबाही सिफारिस गर्ने काम गरिरहेको छ, तर पुरानो ऐन वि.सं. २०४८ अहिलेको डिजिटल युगसँग मेल खाँदैन।

“हामी पहिले पत्रपत्रिका, रेडियो र टेलिभिजनमार्फत सञ्चार सेवा दिँदै थियौं, अहिले सामाजिक सञ्जालको प्रभाव व्यापक भएको छ। फेक न्यूज र भ्रमपूर्ण सूचना रोक्न नयाँ कानुनी संरचना आवश्यक भइसकेको छ,” उनले थपे।

मन्त्री खरेलले मिडिया काउन्सिल सम्बन्धी विधेयक अगाडि नबढेका कारण प्रेस काउन्सिललाई नीतिगत रूपमा काम गर्न कठिन भइरहेको उल्लेख गर्दै, डिजिटल युग अनुसार कानुन परिमार्जनको आवश्यकता औँल्याए। उनले भने, “सहीलाई सही र गलतलाई गलत भन्नैपर्छ, भ्रमपूर्ण समाचारले देश र जनतालाई गलत दिशातर्फ लैजानु हुँदैन।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय