२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

भारत सरकारको सहयोगमा सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–१ मा निर्माण गरिएको बसेपु–हलु खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा एक रोचक घटना घटेको छ । प्रमुख अतिथि भारतका नेपालस्थित राजदूत नवीन श्रीवास्तव कार्यक्रमको बीचमै हिँडेका हुन् ।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले आफ्नो सम्बोधन सकेपछि राजदूत श्रीवास्तव बोल्ने पालो थियो तर उनले वक्तव्य नदिई कार्यक्रमस्थल नै छोडेका हुन् ।

सो घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । भिडियोमा राजदूत श्रीवास्तवले अध्यक्ष बस्नेतलाई भनेका छन्   “हामी राजनीतिक भाषण गर्दैनौँ, कृपया यो कार्यक्रममा राजनीति नगरौँ ।”

त्यसपछि उनले आफ्ना टोलीका सदस्यहरूसँगै मञ्चबाट उठेर बाहिरिएको दृश्य भिडियोमा स्पष्ट देखिन्छ ।

भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न उक्त खानेपानी आयोजनाको उद्घाटन समारोह स्थानीय स्तरमा आयोजना गरिएको थियो  तर कार्यक्रममा स्थानीय राजनीतिसम्बन्धी टिप्पणी आएको भन्दै राजदूतले असन्तुष्टि जनाएका हुन् ।

घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले राजदूतको कदमलाई कूटनीतिक मर्यादासँग मेल नखाने बताएका छन्  ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय