२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको पाइएको भन्दै तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल तयार गरी झुटो आधारमा करिब १३ करोड ३७ लाख रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। आर्थिक वर्ष २०७८÷७९ को ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ विपरीत गरिएको आयोगले जनाएको छ।

ठेक्का लागत अनुमान १२ करोड ७५ लाखमा स्वीकृत भए पनि आपूर्तिकर्ता कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा.लि. ले १२ करोड ५५ लाख मात्र प्रस्ताव राखेको थियो। उत्पादन कम्पनी जनरल मेडिकल मेरटि इटलीबाट पठाइएको सामानको वास्तविक मूल्य करिब ६ करोड ८५ लाख मात्र रहे पनि विभागले झण्डै १४ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेको तथ्य आयोगले प्रमाणित गरेको छ।

अनुसन्धानबाट दुई चरणमा मात्र सामान पुगेको र पहिलो चरणको सामानलाई नै सम्पूर्ण आएको देखाएर झुट्टा प्रतिवेदन बनाई भुक्तानी गरिएको पाइएको छ।

मुद्धामा डा. संगीता मिश्रसँगै व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, लेखा नियन्त्रक भुवन प्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान, लेखापाल तिलकराम ढकाल र कम्पनीका संस्थापक सुन्दर भुसाल लगायत संलग्न रहेका छन्।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) को देहाय (क), (ग), (ङ) र (ञ) बमोजिम मुद्दा दायर गरेको जनाएको छ। साथै कुल १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो असुल गर्न माग गर्दै कैद र जरिवानाको सजाय माग गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय