२०८२ माघ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो |

दीपावली पर्वको तेस्रो दिन आज देशभर श्रद्धा र उल्लासका साथ नरक चतुर्दशी तथा कुकुर तिहार मनाइँदैछ । आजको दिनमा घर–घरमा कुकुरलाई फूलमाला लगाइ पूजा गर्ने र मीठा परिकार खुवाउने परम्परा रहिआएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार तेस्रो दिनमा परेको हो । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार सूर्योदयको समयमा चतुर्दशी तिथि पर्नाले आजको दिन नै नरक चतुर्दशी र कुकुर तिहार एकैपटक मनाइने दिन हो ।

धर्मशास्त्रका ज्ञाताका अनुसार कुकुर तिहार मनाउने चलन यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरसँग सम्बन्धित धार्मिक कथाबाट सुरु भएको हो । मान्यता अनुसार, कुकुरलाई पूजा गरेर मीठा परिकार खुवाउने व्यक्तिलाई मृत्युपछि यमलोकमा सहज बाटो मिल्ने विश्वास छ ।

कुकुरलाई निष्ठावान्, सुरक्षामा भरपर्दो र मानवको सबैभन्दा विश्वासिलो साथीका रूपमा सम्मान गर्न आजको दिन विशेष अवसरका रूपमा लिइन्छ । प्राचीन ग्रन्थमा उल्लेख भएअनुसार, धर्मराज युधिष्ठिरको स्वर्गयात्रामा कुकुरको साथको कथा यस पर्वको मूल भावनासँग जोडिएको छ ।

त्यस्तै, आज बिहानै नुहाई धुवाई गरी तीर्थ, नदी वा पोखरीमा स्नान गरेर तर्पण गर्ने र दक्षिण फर्काएर बत्ती बाल्ने धार्मिक परम्परा पनि नरक चतुर्दशीसँग सम्बन्धित छ । धर्मशास्त्रका अनुसार, यसरी बत्ती बाल्ने र बगाउने कार्यले नरकको दुःखबाट मुक्ति मिल्ने विश्वास गरिएको छ ।

तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने परम्परा आयुर्वेदिक दृष्टिले पनि लाभदायक मानिन्छ । आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका अनुसार, यसले शरीरलाई स्वस्थ र छालालाई चम्किलो बनाउँछ । त्यसैले, तिहार केवल धार्मिक उत्सव मात्र नभई स्वास्थ्य र स्वच्छताको सन्देश दिने पर्वको रूपमा पनि मनाइन्छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय