२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित फुतफुते झरना पछिल्ला वर्षहरूमा म्याग्दीको चर्चित पर्यटकीय गन्तव्य बनेको छ । अग्ला पहाडबीचबाट पहाड नै चिरेर निस्किएको जस्तो देखिने यो झरनाले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।

अन्नपूर्ण र निलगिरि हिमालको गोदबाट बग्ने मिस्त्री खोलाले बनाएको साँघुरो खोच र फेदीमा फैलिएको नीलो तालले फुतफुते झरनालाई अझै आकर्षक बनाएको छ । ‘मौरिस हर्जोग’ पदमार्गको प्रवेशद्वारमै पर्ने झरनाले अहिले दैनिक सयौँ पर्यटक तान्न थालेको छ ।

काठमाडौँका घुम्न आएका सुझाव आचार्य भन्छन्, “फुतफुते झरना हेर्दा लाग्छ, पानी होइन, पहाडको मुटु फुटेर बगेको छ।” उनका अनुसार यो झरनाको दृश्यले थकान मात्र मेटाउँदैन, आत्मा नै ताजा बनाउँछ ।

करिब ५० मिटर उचाइबाट खस्ने यो झरनाको फेदीमा नीलो पानीको गोलो ताल बनेको छ । त्यहाँ पुगेका पदयात्री र आन्तरिक पर्यटकले तस्बिर, भिडियो खिच्दै घण्टौँ रमाउने गर्छन् । झरनाको वरिपरि बनाइएको झोलुङ्गे पुलले दृश्य अवलोकनलाई झन् रोमाञ्चक बनाएको छ ।

‘मौरिस हर्जोग पदमार्ग’ का अभियन्ता तेज गुरुङका अनुसार सामाजिक सञ्जालमा फुतफुते झरनाका तस्बिर र भिडियो भाइरल भएपछि दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । “पहिले सुनसान हुने झरनामा अहिले दिनभर भीड लाग्छ,” उनले भने ।

अन्नपूर्ण गाउँपालिकाले त्यहाँ आश्रयस्थल र सार्वजनिक शौचालय निर्माण गरी थप पूर्वाधार विकासका योजना अघि बढाएको अध्यक्ष भारतकुमार पुनले बताए । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पनि झरना र पदमार्गको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

फुतफुते झरना पुग्न नारच्याङदेखि दुई घण्टा गाडी र हुमखोलादेखि करिब डेढ घण्टा पैदल यात्रा गर्नुपर्छ । त्यहाँ पुग्ने धेरैजसो पर्यटक झरना हेरेर फर्किन्छन् भने साहसी पदयात्री भने अन्नपूर्ण आधार शिविरसम्म यात्रा बढाउँछन् ।

फुतफुते झरना, जहाँ पानीले पहाडलाई चिरेर निस्कन्छ र यात्रुहरू प्रकृतिको सुन्दरतालाई आफ्ना आँखाबाट होइन, मनबाट महसुस गर्छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय