२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले २१ फागुनमा निर्धारित निर्वाचन सफल पार्नुको विकल्प नरहेको बताएका छन्।भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले निर्वाचन सफल पार्न आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताए। उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे।

‘संविधानलाई सही बाटोमा ल्याउन घोषित मितिमा चुनाव सम्पन्न गर्नुको विकल्प छैन,’ पुनले भने, ‘हामी चुनावका लागि प्रतिबद्ध छौं र अरु दललाई पनि चुनावको पक्षमा उभिन आग्रह गर्छौं।’केही दिनअघि आफू र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको जानकारी पुनले दिए।

‘प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो। नारायणकाजी कमरेड म गएका थियौं। हामीले भन्यौं,  चुनावको पक्षमा छौं। हामी चुनावको वातावरण बनाउछौं तर अरुका लागि पनि चुनावी वातावरण बनाउन लाग्नुस् भनेका थियौं,’ पुनले भने ‘आज पनि सात पार्टीहरुलाई राष्ट्रिय पार्टीहरुलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ। हामी जान्छौं।  हामी यही कुरा भन्छौं।’

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय