२०८२ मंसिर २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले गरे पार्टीभित्र चुनाव नलड्ने निर्णय | आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक व्यक्त गर्न कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक | नेपाली बजारमा सुनले तोड्यो कीर्तिमान मूल्य हालसम्मकै उच्च | एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय नै रहने निर्णय | सैन्य परिषद्का सदस्य रायद साद इजरायलको हवाई आक्रमणमा मारिए | पश्चिमी वायूको प्रभावले ५ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम | रोहित पौडेलले एकै सिजनमा जिते उपाधि, कार र बाइक | बन्दसत्र स्थगित गर्दै एमालेले केन्द्रीय समिति बैठक डाक्यो विधान संशोधन मुख्य एजेन्डा | पहाडी भेगमा आंशिक बदली बाँकी क्षेत्रमा मौसम खुला रहने पूर्वानुमान | प्रतिनिधिसभा निर्वाचन हुन अब ८१ दिन मात्र बाँकी दलहरूको गतिविधि तीव्र |

मधेस प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै बिदाको जानकारी गराएको हो।

मन्त्रालयका उपसचिव गणेश नायकद्वारा जारी सूचनामा भनिएको छ, “मधेस प्रदेश सरकारले २०८१ साल चैत्र २२ गते प्रकाशित राजपत्रअनुसार थप बिदा सम्बन्धी व्यवस्था अनुरूप छठ पर्वको अवसरमा कार्तिक ११ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।”

नेपाल सरकारले यसअघि नै छठ पर्वको मुख्य दिन कार्तिक १० गतेका लागि देशव्यापी सार्वजनिक बिदा घोषणा गरिसकेको छ। मधेस प्रदेशले त्यसको भोलिपल्ट पनि बिदा थप गर्दै धार्मिक र सांस्कृतिक उत्सवमा सहभागिताका लागि सहजता मिलाउने उद्देश्य राखेको बताइएको छ।

छठ पर्व विशेष गरी मधेस प्रदेशमा अत्यधिक उल्लासका साथ मनाइने प्रमुख सांस्कृतिक पर्व हो। चार दिनसम्म चल्ने यो पर्वमा सूर्यदेवको आराधना, अस्त र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय