मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर कुनै ठूला मौसमी प्रणालीको प्रत्यक्ष प्रभाव छैन। तर, वायुमण्डलीय गतिविधि र तापक्रममा भइरहेको परिवर्तनका कारण आज दिउँसो देशका अधिकांश पहाडी क्षेत्र आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
साँझपख र राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहँदा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै, कोशी प्रदेशका हिमाली भागमा तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले देशका अन्य प्रदेशहरूमा भने मौसम सामान्यतया सफा रहने र दैनिक जनजीवनमा कुनै ठूलो असर नपर्ने बताएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
