२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा | ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतको आदेश | वैशाखदेखि प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्न सरकारको निर्देशन | पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति | ओली–लेखकलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति | बद्नाम पूर्वमन्त्री दिपक खड्का जोडिएका विवाद र आज पक्राउ पर्नुको कारण के हो ? |

१२कात्तिक २०८२,

सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनीपछि पहिलो पटक संवैधानिक इजलास बुधबार बस्यो।महत्त्वपूर्ण रिटको सुनुवाइ गर्ने बेला सर्वोच्चमा उल्लेख्य सुरक्षाकर्मीहरू तैनाथ हुन्छन्। बुधबार अन्तरिम सरकार गठन र संसद विघटन विरूद्धको सुनुवाइ हुँदै थियो। प्रारम्भिक सुनुवाइ नै भए पनि जनचासोको विषय भएकाले सर्वोच्चमा भीड थियो।

अहिले सुनुवाइहरू सर्वोच्च परिसरमा रहेको एनेक्स भवनभित्र भइरहेका छन्। संवैधानिक इजलासका लागि पनि त्यहीँ व्यवस्थापन गरिएको थियो।

इजलासको स्वरूप दिइसकेको कोठा सानै थियो। रिट निवेदक मात्र कम्तिमा १६ जना र थप वकिलहरू समेत हुन सक्ने भएकाले पत्रकारहरूलाई जान दिइएको थिएन।

सर्वोच्चको क्यान्टिन अगाडि कुर्सीहरू लस्करै राखिएका थिए। त्यहाँ पहिले टिभी थियो। भदौ २४ गते अघि त्यो टिभीले पेसी सूची देखाउँथ्यो। बुधबार बिहान साढे १० बजेतिर त्यहाँ अर्को टेलिभिजन जडानको काम भइरहेको थियो। प्राविधिक टोलीले जसोतसो त्यहाँबाट लाइभ सुन्ने गरी व्यवस्थापन गरे।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय