२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ अर्ब ७० करोड मूल्य बराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

भन्सार प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस वर्ष सवारीसाधनको आयात र राजस्व दुवैमा वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ६ अर्ब १९ करोडका सवारीसाधन भित्रिएकोमा यो वर्षको तथ्यांक उल्लेख्य रूपमा उच्च रहेको उनले बताए।

तीन महिनामा मात्रै ३ अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ अनएसेम्बल मोटरसाइकल नेपाल आएका छन्। ती मोटरसाइकल आयातबाट तीन अर्ब २८ करोड राजस्व संकलन भएको छ। गत वर्षको सो अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ मोटरसाइकल आयात भएका थिए।

यस अवधिमा ६२ करोड २४ लाख मूल्यका ३३० जीप, कार र भ्यान पनि भित्रिएका छन्। यी सवारीसाधन आयातबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

सबैभन्दा उल्लेख्य वृद्धि भने विद्युतीय सवारीसाधनमा भएको छ। चालु आवको तीन महिनामा ६८ करोड मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान नेपाल आएका छन्। ती सवारीसाधन आयातबाट ४५ करोड ७२ लाख राजस्व संकलन भएको हो।

गत आवको सोही अवधिमा १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए। यो वर्ष आयात मूल्य र संख्यामा दुबैमा दोब्बरभन्दा बढी वृद्धि देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय