२०८३ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको अत्यधिक चापका कारण करिब १० किलोमिटर लामो जाम लागेको छ। लगातार वर्षापछि हिलो र चिप्लो सडकले सवारी साधनको उकालोमा समस्या सिर्जना गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ जाने गाडीहरू भने पास भए पनि पूर्वबाट पश्चिम जाने गाडीहरू रोकिएका छन्। सडकका विभिन्न खण्डमा सवारी साधन बिग्रिएर रोकिएकाले एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

प्रहरी नायव उपरीक्षक मधु नेपालले सवारी चालकहरूलाई वैकल्पिक मार्ग जस्तै कावासोती, डण्डा, चोरमारा र अरुणखोलाबाट यात्रा गर्न आग्रह गरेका छन्।

सडक विभागले चीन स्टेट कम्पनीलाई सडक विस्तारको जिम्मेवारी दिएको भए पनि १४ किलोमिटर सडकखण्डमध्ये पश्चिम खण्डको मात्र ३ किलोमिटर कालोपत्रे भएको छ, बाँकी अधिकांश खण्ड कच्ची तथा खाल्डापानीयुक्त छ। केही ठाउँमा कल्भर्ट निर्माण र ढलानको काम अधुरो रहँदा सामान्य वर्षा मात्र भए पनि यातायातमा समस्या देखा परेको छ।

स्थानीय बासिन्दाले भने, “दाउन्ने सडकमा हिलो र चिप्लोले सवारी साधन धेरै पटक फस्छन्, जसले यात्रुहरू घण्टौं जाममा पर्ने गरेका छन्।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय