२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको बेला त्यस पक्षका नेताहरूले वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीको आगामी दिशा बारे छलफल गरेका छन्।

विशेष महाधिवेशन अभियानको अगुवाइ गरिरहेका गुरुराज घिमिरे, मनोजमणि आचार्य र देवराज चालिसेले डा. कोइरालासँग भेट गरी नियमित महाधिवेशन समयमै गर्न कठिन भएको र त्यसका विकल्पका रूपमा विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्।

छलफलका क्रममा कोइरालाले आफूले पार्टीमा समन्वयकारी भूमिका खेल्ने बताएका थिए। भेटमा नेताहरूले चाँडै विशेष महाधिवेशनको मिति टुंग्याई अघि बढ्नुपर्ने माग समेत राखेका छन्।

त्यही क्रममा, पार्टीभित्र महाधिवेशन विवाद चर्किंदै जाँदा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा छुट्टै भेला बोलाएका छन्। उक्त भेलामा आगामी १५औं महाधिवेशनको मिति निर्धारण र प्रतिनिधि सभा निर्वाचनको तयारीबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

पार्टीको दुवै धारबीच संवाद र सहमतिको खोजी जारी रहे पनि कांग्रेसभित्रको महाधिवेशनको विवादले अन्ततः आन्तरिक शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय