२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ |

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको दाबी गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सरकारको निर्णयविरुद्ध सोमबार दायर गरिएको रिटमा प्रारम्भिक छलफलका लागि सर्वोच्चले आज दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ। शाक्यले कार्यकाल पूरा हुनुअघि नै पदच्युत गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

उनले सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै कार्यकाल बाँकी रहँदै सरुवा गर्ने सरकारको निर्णय गैरकानूनी भएको उल्लेख गरेका छन्। शाक्यलाई २०८१ चैत ११ गते चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको थियो, तर २०८२ असोज ५ गते सुशीला कार्की नेतृत्वको सरकारले उनलाई हटाएर जल तथा ऊर्जा आयोग सचिवालयमा पठाएको थियो।

यो पहिलो पटक भने होइन। शाक्य २०७७ माघ २६ गते पनि कार्यकारी निर्देशक बनेका थिए तर २०७८ साउन २५ गते सरकारले उनलाई पदमुक्त गरेको थियो। बारम्बारको विवाद र सरुवाबाट प्रभावित शाक्यको मुद्दा आजको सुनुवाइपछि न्यायालयले कस्तो निर्णय दिने हो भन्नेमा ध्यान केन्द्रित भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय