२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

रोल्वालिङ हिमश्रृङ्खलामा सोमबार बिहान गएको हिमपहिरोमा परी घाइते भएका पाँच जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका पाँचमध्ये दुई विदेशी र तीन नेपाली नागरिक रहेका छन् भने सात जना अझै बेपत्ता छन्।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, उद्धार गरिएका पाँच जनालाई यलुङरी हिमालको आधार शिविरबाट सुरक्षित बाहिर निकालिएको छ। हिमपहिरोबाट जोगिएका थप तीन नेपाली पथप्रदर्शकलाई ना गाउँमा सुरक्षित राखिएको छ र केहीबेरमा उनीहरूको उद्धार गरिने बताइएको छ।

हिमपहिरो डोल्मा खाङ र यलुङरी हिमाल आरोहणका लागि आएका दुई ट्राभल कम्पनीका १५ आरोही टेन्ट टाँगेको स्थानमा खसेको थियो। यस घटनामा एक विदेशीसहित तीन जनाको मृत्यु भएको छ। बेपत्ता व्यक्तिहरूको अवस्था अझै अज्ञात रहेको प्रमुख जिल्ला अधिकारी रिसालले जानकारी दिनुभयो।

उद्धार कार्यमा नेपाली सेना र सुरक्षाकर्मीको टोली सक्रिय रुपमा ना गाउँ पुगेको प्रहरीले जनाएको छ। उद्धार प्रयास जारी रहेका कारण बेपत्ता सातजनाको खोजी र उद्दारमा थप समय लाग्न सक्ने प्रजिअले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय