२०८३ जेष्ठ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

युवा तथा खेलकुद मन्त्रालयले अब आफ्ना सम्पूर्ण आर्थिक कारोबारलाई विद्युतीय माध्यमबाट गर्ने तयारी गरेको छ। मन्त्रालयका अनुसार एक महिनाभित्रै मन्त्रालय र मातहतका निकाय तथा खेल संघहरूको सम्पूर्ण कारोबार अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ।

मन्त्री बब्लु गुप्ताको नेतृत्वमा मन्त्रालयले तत्काल सुधार कार्ययोजना २०८२ लागू गर्दै सुधारका काम तीव्र रूपमा अघि बढाएको छ। उक्त योजनाअनुसार आर्थिक कारोबारमा पारदर्शिता र दक्षता ल्याउन डिजिटल प्रणालीको प्रयोग अनिवार्य बनाइनेछ।

युवा तथा खेलकुद मन्त्रालयले २० दिनभित्र स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीहरूको व्यक्तिगत तथा खेलकुदसम्बन्धी अभिलेख तयार गर्ने तयारी पनि गरेको छ। यसले खेल क्षेत्रमा नीति निर्माण र पुरस्कार वितरणमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

त्यससँगै मन्त्रालय र सम्बद्ध निकायका बैठकहरू अब सञ्चारमाध्यममार्फत प्रत्यक्ष प्रसारण गर्न थालिएको छ। मन्त्री गुप्ताले यो कदमले मन्त्रालयको कामकाज पारदर्शी र जनउत्तरदायी बनाउने विश्वास व्यक्त गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय