२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

काभ्रेको बेथानचोकका  युवा ऋषि थापाले  सामाजिक संजाल मार्फत मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेका लागि घोषणा गरिएको आन्दोलनमा मानिस लाउँन पैसा  दिने भनि फोन गरेको आरोप लगाएका छन्।

थापाका  अनुसार उनको गाउँका एक स्थानीय  भाईलाई  फोन गरेर प्रसाइले  “ स्वतन्त्र  नाममा हुने आन्दोलनमा” ४० जना युवाको व्यवस्था गर्न आग्रह गरेका थिए। उनका अनुसार आन्दोलनमा सहभागी हुनेहरूलाई काठमाडौंमा खाने, बस्ने खर्चदेखि सम्पूर्ण व्यवस्था प्रसाईंको पक्षबाट गरिने र आन्दोलनको समयमा ‘पुलिसजस्तै वाकी–टकी’ समेत दिने बताईएको  थियो।

Rishi Thapa Post

“प्रसाईंले  पैसा बाँडेर मानिस जम्मा गर्ने र तिनैलाई प्रयोग गरेर आफूलाई सत्ता नजिक पुर्‍याउने सोचमा छन्।” उनले युवाहरूलाई त्यस्ता लोभ–लालचमा नफस्न आग्रह गर्दै काभ्रेका युवाहरू पैसामा बिक्ने हैसियतका छैनन् भन्ने चेतावनी दिदै आफ्नो सामाजिक संजालमा लेखेका छन् ।

उनले आन्दोलनमा सहभागी हुनका लागि फोन र प्रस्ताव गर्ने व्यक्तिहरूको नाम चाँडै सम्बन्धित निकायमा बुझाउने बताएका छन्।

कार्तिक १६ गते पोस्ट गरिएको उक्त पोस्टको सम्बन्धमा प्रसाईले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय