२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

१९  कात्तिक २०८२,

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ओलीसँग सम्वाद गर्न खनाल गुन्डु नै पुगेका थिए । वार्तामा खनाल सहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा भएको स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्र सहितका घटकहरुसँग पार्टी एकता गर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्णय लिएपछि झलनाथ खनाल सहितका नेताहरू असन्तुष्ट थिए । एकता प्रक्रिया नै अस्वीकार गरेका पूर्वप्रधानमन्त्री खनाललाई आज ओलीको सचिवालयले छलफलका निम्ति गुन्डु बोलाएको थियो ।

केपी ओलीको टीमकै सदस्यहरू लिन आउनु भएको थियो । वार्ता गर्न भनेर लिनै आएपछि गुन्डु जानुभएको हो,’ खनाल निकट स्रोतले भन्यो, ‘कुराकानी सकारात्मक छ भन्ने बुझिएको छ ।’

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय