२०८३ श्रावण २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

फिलिपिन्समा आइपरेको कालमेगी नामक भीषण आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म कम्तीमा ५२ जनाको ज्यान गएको छ भने १३ जना अझै बेपत्ता छन्। आँधीका कारण लाखौं नागरिकले आफ्नो घरबार छाड्न बाध्य भएका छन्।

स्थानीय अधिकारीका अनुसार देशका धेरै क्षेत्रमा भीषण बाढी आएको छ। विशेषगरी जनघनत्व धेरै रहेको मध्य द्वीप सेबु सबैभन्दा बढी प्रभावित भएको छ। बीबीसीका अनुसार सेबुमा सबैभन्दा धेरैको मृत्यु भएको र सयौं घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा मानिसहरू घरका छानामा शरण लिइरहेको र सवारीसाधनहरू बाढीले बगाइरहेको दृश्य देखिन्छ। बाढीले सडक तथा बिजुली संरचना पनि नष्ट गरेको जनाइएको छ।

सेनाले उद्धारका लागि पठाएको हेलिकप्टर मिन्डानाओ द्वीपमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यको मृत्यु भएको छ। ती मृतकहरूलाई आधिकारिक मृतक सूचीमा समावेश गरिएको छैन।

फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गर्छन्। केही हप्ता अघि मात्र अर्को आँधीले पनि ठूलो क्षति पुर्‍याएको थियो। कालमेगी पछिल्लो वर्षकै सबैभन्दा विनाशकारी आँधीको रूपमा चिनिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय