२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

अमेरिकाको न्युयोर्कका कान्छा मेयर जोहरन ममदानीले नेपाली रेष्टुरेन्टमा पुगेर म:मको स्वाद चाखेका छन्। मेयरमा निर्वाचित भएको केही दिनमै उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ पुगेका थिए।

ममदानीले त्यहाँको प्रसिद्ध म:मसहित विभिन्न नेपाली परिकार अर्डर गरेका थिए। उनले आफ्नो एक्स (ट्विटर)मा रेष्टुरेन्टमा लञ्च गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेका छन्, जसमा उनको अगाडि म:मसहितका परिकार सुसज्जित देखिन्छन्।

३४ वर्षीय ममदानी न्युयोर्कका इतिहासमा सबैभन्दा कान्छा मेयर बनेका छन्। उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका, पहिलो मुस्लिम र अफ्रिकामा जन्मिएका पहिलो व्यक्ति पनि हुन्।

पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्दै ममदानी मेयर बनेका थिए। उनी निर्वाचनपछि स्थानीय समुदायसँग भेटघाट र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सक्रिय रहेका छन्। नेपाली समुदायले ममदानीको यो भेटलाई नेपाली स्वादप्रतिको सम्मानका रूपमा स्वागत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय