२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाल स्काउटले काठमाडौंको लैनचौरस्थित आफ्नो जग्गा र संरचना प्रयोग गर्दै आएको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता भाडा तिर्न अन्तिम चेतावनी दिएको छ।

स्काउटको सार्वजनिक सूचनाअनुसार, तोकिएको समयभित्र भाडा चुक्ता नगरेमा कम्पनीका सम्पूर्ण भवन र सामानहरू जफत गरिनेछ। जफतबाट उठ्ने रकम पर्याप्त नपरेमा अन्य घरघराना वा जायजेथाबाट असुल गरिने पनि सूचनामा उल्लेख छ।

खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि. नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काको कम्पनी हो। कम्पनीले लामो समयदेखि भाडा नतिरेको र सम्झौताविपरीत जग्गा कब्जा गरेको कारण स्काउटलाई आर्थिक र व्यवस्थापकीय क्षति पुगेको छ।

स्काउट र कम्पनीबीच २०६५ सालमा १० वर्षको जग्गा भाडा सम्झौता भएको थियो। सम्झौता अवधि २०७५ सालमा सकिए पनि कम्पनीले जग्गा खाली गरेन। यस विवादको मुद्दा जिल्ला अदालत हुँदै उच्च अदालत पाटनसम्म पुगेको थियो र २०७९ असार १३ गते उच्च अदालतले स्काउटको पक्षमा फैसला सुनाएको थियो।

फैसला कार्यान्वयनको लागि पटक-पटक अनुरोध गर्दा पनि कम्पनीले अटेर गरेपछि स्काउटले २०८१ वैशाख ६ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंको सहयोगमा संरचनामा सिलबन्दी गरेको थियो। तर कम्पनीले अझै भाडा चुक्ता नगर्दा स्काउटले अन्तिम कदमका रूपमा सम्पत्ति जफत गर्ने सार्वजनिक चेतावनी जारी गरेको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय