२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधार र शुद्धीकरण आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि उठेका प्रश्नलाई दृष्टिगत गर्दै पार्टीभित्र पुनःजागरण र सुधारको आवश्यकता औँल्याएका हुन्।

थापाले भने, “अब हामी बोलेर मात्र हुँदैन, ठूलो सुधार चाहिएको छ। त्यो सुधार पार्टीभित्र हुन्छ। पार्टी भित्र के गर्छौँ, के गर्दैनौँ, शुद्धीकरण कसरी गर्छौँ, पुनःजागरण कसरी गर्छौँ? शुद्ध र जागरित पार्टीले सरकारका काममा कसरी सुधार ल्याउँछ?”

उनले जेनजी आन्दोलनमार्फत युवाहरूले पार्टीको मूल्य–मान्यता अनुरुप व्यवहार नभएको भनी उठाएका प्रश्नलाई पनि स्वीकार्दै अब अविधेशनबाट नयाँ संकल्प र योजनाहरू बनाउनुपर्ने बताए।

थापाले विगतका गल्ती स्वीकार्दै भने, “हिजो हामीले पनि कमजोरी गरेका थियौँ। अब नगर्ने के छ? भ्रष्टाचारबाट समाज र संस्थालाई अलग कसरी गर्छौँ? यी विषयमा हामीले अविधेशनबाट योजना र संकल्प बनाउनुपर्छ।”

महामन्त्री थापाले नेपाली कांग्रेस पावससँग जोडिएको पार्टी नभएको समेत औँल्याए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय