२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला गरेको छ।

भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा शुरु भएको भेलामा विभिन्न जिल्लाका सभापति र नेता सहभागी भएका छन्। कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्री भेपेन्द्र राई, मुगुका ऐन बहादुर शाही, म्याग्दीका खम बहादुर खर्बुजा, ओखलढुंगाका तेजेन्द्र खनाल र अछामका पुष्प बहादुर शाहलगायतका नेताहरूको उपस्थिति देखिएको छ। सहभागीहरूको आगमन क्रम अझै जारी छ।

पार्टीभित्र हाल महाधिवेशनको मिति र स्वरूपबारे मतभेद बढ्दै गएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले पुसमा विशेष वा नियमित महाधिवेशनको माग गरिरहेका छन्, भने संस्थापन पक्षले बैशाखमा नियमित महाधिवेशन नै गर्नुपर्ने अडान लिएको छ।

यसै विवादका कारण कांग्रेसको केन्द्रीय समिति बैठक लगातार निष्कर्षविहीन बन्दै आएको छ। अनुपम फुडल्याण्डको भेला संस्थापन पक्षले आफ्नो एकता र शक्ति देखाउने प्रयासका रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय